पोखरा । पोखराको बेबिल्यान्ड स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव कार्यक्रम सोमबार औपचारिक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनीलबहादुर भट्टराई, बेबिल्यान्डका संरक्षक आमा बुद्धलक्ष्मी बज्राचार्य, सञ्चालन प्रदीप बज्राचार्य र उनकी श्रीमती रत्नाभूमि बज्राचार्यले संयुक्त रुपमा केक काटेका थिए ।
‘बच्चाहरुको खुसी नै परिवारको खुसी’ भन्ने नाराका साथ २०५१ साल वैशाख ५ गतेदेखि बेबिल्यान्ड सञ्चालन गरिएको थियो । नेपालको व्यावसायिक क्षेत्रमा नयाँ ढंगले केही नयाँपन दिने उद्देश्यसहित सञ्चालनमा आएको बेबिल्यान्डको पोखराको न्युरोडमा रिटेल स्टोर, सिद्धार्थचोकमा प्ले सोरुम तथा काठमाडौंको बालाजुमा ‘बेबिल्यान्ड अनलाइन’ अफिस सञ्चालनमा छ ।
बेबिल्यान्डले गत चैत २० गतेदेखि २०७९ साल वैशाख ५ गतेसम्म चिप्लेढुंगा र न्युरोड आउटलेटमा ‘बेबिल्यान्ड कार्निभल–२०७९’ आयोजना गरेको थियो । सो समयमा बेबिल्यान्डबाट समान किन्दा २५ प्रतिशत छुट, चकलेट, आइसक्रिम, गेम, बेलुन, फोटो सुटलगायत सुविधा दिइएको सञ्चालक बज्राचार्यले जानकारी दिए । साथै बेबिल्यान्ड मल अनलाइनमा सपिङ गर्नेलाई निशुल्क डेलिभरी सुविधा दिइएको उनले बताए । वार्षिकोत्सव कार्यक्रममा बेबिल्यान्डका सञ्चालक प्रदीप बज्राचार्यले ‘बेबिल्यान्ड’ नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिस्टर्ड कम्पनी भएको बताए । उनले निकट भविष्यमा कम्पनीलाई ब्रान्डिङ गर्नुका साथै काठमाडौंमा स्टोर खोल्ने योजना रहेको सुनाए ।
बेबिल्यान्डमा जन्मेदेखि १२ वर्षसम्मका बालबालिकाका लागि फेसनेबल लुगा, जुत्ता, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झोलुंगा, स्ट्रोलर, इलेक्ट्रिकल कार, जिप, बाइकलगायत सम्पूर्ण सामानहरु पाइने ब्रजाचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१