बाटुलेचौरमा कार्यक्रम सञ्चालन तालिम

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
anchoring training

पोखरा । हृदयको आवाज कास्कीको आयोजनामा पोखरा १६ बाटुलेचौरमा महिलाका उद्घोषण तथा कार्यक्रम सञ्चालनसम्बन्धी तालिम दिइएको छ । वैशाख २ देखि ५ गतेसम्म चलेको तालिममा ३० जना महिला सहभागी थिए ।

तालिमको समापन कार्यक्रममा हृदयको आवाज कास्कीका अध्यक्ष शारदा बस्नेतले महिलालाई कार्यक्रम सञ्चालनका लागि जानकारी दिन र बोल्ने कलाको विकास गर्न संस्थाले तालिम आयोजना गरेको बताइन् ।

सहभागीका तर्फबाट नारायणी बस्नेतले मञ्चमा उभिएर बोल्दा निकै डर लाग्ने गरेको भए पनि ३ दिन तालिममा सहभागी भएपछि आफूमा आत्मविश्वास बढेको सुनाइन् ।

थ्रि एन्जल्स रेडियोका कार्यक्रम व्यवस्थापक जीवन सुवेदीले तालिममा सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width