पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीमा हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको सोमबार २७ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन भएको हो ।
कार्यसमिति प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्ष कमला गिरी, महासचिव संगीता पौडेल, सचिव चेतन कार्की, कोषाध्यक्ष नवराज भण्डारी र सहकोषाध्यक्ष सुभाष पहारी चयन भए ।
सदस्यमा सन्दीप श्रेष्ठ, ताराप्रसाद गौतम, खेमबहादुर नेपाली, सुशीला सिग्देल, तुलबहादुर गुरुङ, गणेश पोख्रेल, रत्नराज रेग्मी छन् । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
यसअघि साधारणसभा उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एडम टुर्स एन्ड ट्राभल्समा कार्यरत सिनियर टिकेटिङ अफिसर अशोक पौडेललाई मनोहरा स्मृति पर्यटन पुरस्कार प्रदान गरे । यस्तै, गण्डकी प्रदेशको पर्यटनमा उल्लेख्य टेवा पुर्याएवापत नेप्लिज इन्काउन्टर टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक नारायणप्रसाद पहारी र बुद्ध टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक डिल्लीप्रसाद गौतमलाई सम्मान गरिएको थियो ।
सोही समारोहबीच विश्व सम्पदा दिवस अवसरमा गण्डकी प्रदेशका धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थलहरुको बारेमा पुरातत्व विभागका प्रमुख रमेशराज पौडेल र प्राडा नारायणप्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कमला गिरीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई यसरी गरिँदैछ पुनः जागृत
नियात्रा : पूर्वाञ्चल यात्रा
फेवा किनारमा नयाँ वर्ष महोत्सव
अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित
प्यारा प्रतियोगिताले जगाएको आशा
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९