गठबन्धनको गाँठो फुकाउन देउवाले बोलाए गण्डकी र कास्की सभापति

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
Sherbahadur-deuba-1

पोखरा । स्थानीय तहको मिति नजिककिँदै गर्दा दलहरुभने उम्मेदवार चयनमै अलमलिएका छन् । एकातिर दलभित्रको तानातान र दाबी अनि अर्कोतिर गठबन्धनका दलबीच बाँडफाँटको रस्साकस्सी ।

पहिलो चरणमा महानगर र उपमहानगरमा बाँडफाँट टुंग्याउने भनिए पनि गठबन्धन टुंगोमा पुग्न सकेको छैन । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी र कांग्रेसले दाबी गरेर टसमस नभए पछि सबैको ध्यान पोखरामा केन्द्रित भएको छ ।

हिजो सोमबार कांग्रेस कास्की र पोखरा महानगरले अलग अलग विज्ञप्ति निकालेर एकीकृत समाजवादीले अस्वभाविक राखेर अनिर्णयको बन्दी बनाइएको भन्दै सहकार्य गर्न नसकिने बताइसकेका छन् ।

पोखराको मेयरमा सहमति पेचिलो बन्दै गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेता यज्ञबहादुर थापा र कास्की सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका छन् । तिनै जनाको टोली मंगलबार बिहानै काठमाडौंका लागि हिँडेको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width