उम्मेदवार सिफारिस भएकालाई एमालेले समानुपातिकको बन्द सूचीबाट हटाउने, घोषणापत्र वैशाख ९ गते

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
Gandaki cm ps gurung (3)

पोखरा । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि बिभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारहरु समेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउने निर्णय गरेको छ ।

सोमबार अबेर सम्पन्न केन्द्रीय सचिवालय बैठकले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई पारित गरेको छ ।

घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने उनले बताए ।

त्यस्तै बैठकले १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषदको संख्या १ सय ६ बाट थपेर २ सय ७८ जना बनाएको छ । त्यस्तै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप भएको गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सन्चालन गर्ने निर्णय समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width