व्युटिपार्लर एसोसिएसन गण्डकीमा रुपकला, कास्कीमा सुस्मा 

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
beautiparlour gandaki

पोखरा । व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको दोस्रो साधारणसभा तथा प्रथम अध्यक्ष अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा वविता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भए । सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शीला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रीता कार्की चयन भएका छन् ।

यसैबीच, व्युटीपार्लर एसोसिएसन कास्कीको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । सुस्मा गुरुङको अध्यक्षतामा गठित कार्यसमिति उपाध्यक्षमा टेकमाया गुरुङ, सचिवमा छाया ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ, सहसचिव शिशिर गोदार छन् । सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्ण कला गुरुङ, सुशीला केसी चयन भए ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले सौन्दर्य व्यवसायीलाई संघले अन्य बस्तुगत संघसंस्थालाई जस्तै प्राथमिकतामा राख्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीका अध्यक्ष एवं व्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङले सौन्दर्य व्यवसायीलाई पेसागत हकहित, अधिकारसम्पन्न बनाउँदै एउटै छातामुनि राख्न सफल हुँदा खुसी लागेको बताइन् । व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै अगाडि बढ्न आवश्यक रहेको उनको धारणा रहेको थियो ।

कार्यक्रममा कस्मेटिक व्यवसायी संघका महासचिव सरु बराल, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश एवं व्युटिपार्लर एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइराला, नाइ संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुर, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक मुना बास्तोला लगायतले मन्तब्य राखेका थिए । एसोसिएसन निवर्तमान अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वविता केसी कार्कीले गरेकी थिइन् । सोही अवसरमा लक्ष्मी बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रमसमेत सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width