पोखरा । महानगर र उपमहानगरको भागबण्डका लागि केन्द्रमा गठबन्धनका दलहरु टुंगोमा नपुग्दै कास्कीमा भने कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग तालमेल कुनै हालतमा गर्न नसकिने बताएको छ ।
पोखराको मेयरमा दाबी गरिरहेको एकीकृत समाजवादीलाई अहिलेको अस्थामा कुनै हालतमा दिन नसकिने भन्दै कास्की कांग्रेसले सोमबार विज्ञप्ति नै निकालेको छ । तर केन्द्रको निर्णय नआउँदासम्म यहाँको निर्णयको कार्यान्वयन कति हुन्छ भन्ने पक्ष भने बाँकी नै छ ।
कास्की कांग्रेस सचिव भानु ढकाल र देवेन्द्र रानाभाटको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि उक्त पार्टीको अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको माग मध्यनजर गरी अन्य गठबन्धनका दलसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धासहित जाने निर्णय गरियो, उल्लेख छ ।
कुन दलको कहाँ दाबी
एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व मागेको छ । यस्तै नेकपा एसले बुटवल, हेटौंडा र इटहरी उपमहानगरपालिकामा पनि आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ ।
जनता समाजवादी पार्टी जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व दाबी गरेको छ भने विराटनगर महानगरपालिकाको उपप्रमुख मागेको छ ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै बाराको जितपुर–सीमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व दाबी गरेको छ ।
दावीकर्ता दलहरुले नै कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेको स्रोतले बताएको छ ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित पत्रकार सम्मेलनका लागि बाहिरिएपछि अन्य नेताहरू खाना खान निष्किएका छन् ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१