पोखरा । ‘हिमाल सरसफाई अभियान २०२२’ मा नेपाली सेनासँग युनिलिभरले हातेमालो गरेको छ ।
युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र हिमाल सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।
फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।
नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिनु भयो ।
“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं, ” सहायक रथी खड्काले भन्नु भयो ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भन्नुभयो, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै उहाँले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताउनु भयो ।
युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनहरूभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन् । अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रिय आर्थिक प्रणाली सिर्जना गर्नु हो ।
“हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं,” श्री अम्लान मुखर्र्जीले भन्नु भयो ।
Related News
सम्बन्धित समाचार
पूर्वराज्यमन्त्री डिम्पलको झाका निधन
स्थानीय जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने
रुस युक्रेन युद्ध र यसको परिणाम
मादीको गाउँसभा : पालिकाबाट एक्याप हटाउन संघ सरकारसँग गुहार
पोखरामा ‘आर्थिक सुशासनका लागि नेतृत्व’ प्रशिक्षण
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९