तनहुँमा गाेविन्दराज जाेशी समूह र एमालेबीच चुनावी तालमेल सहमति, कस्ताे आउला परिणाम

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
kp-joshi_20220417132327

पाेखरा ।  नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल हुने भएको छ । कांग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई वेवास्ता गरिएपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो ।

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए। तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनावमा साझा उम्मेदार बनाउने सहमति भएको छ । जोशी निवास दमौलीमा शनिबार भएको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेदवारी दिने भएको हो । छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ ।

जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ । १९ वर्षदेखि सत्ता बाहिर रहेका जोशी विकासवादी नेताको रुपमा जिल्लामा परिचित छन। उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो । ुएक घर एक रोजगारी’ अभियान सञ्चालन गरेका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् ।

नेता जोशीले कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव लड्ने घोषणा गरेका थिए। नेपाली कांग्रेस तनहुँका संस्थापक सचिवहुँदै केन्द्रमा सहमहामन्त्री समेत बनेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधारण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

रुष्ट जोशी समूहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठूलो क्षति हुने देखिएको छ । जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारका लागि सिफारिस भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यसैगरी अन्य पालिकामा पनि सहमति हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width