पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान गरिएको छ ।
क्यालेन्डर विमोचन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीको भूमिका महत्वपूर्ण रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री उर्मिला खड्काले समाजमा रेडक्रसले गर्दै आएको गतिविधिले समाजमा सचेतना जगाएको सुनाइन् । नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य दीपेन्द्र मर्सानीले उपशाखाको भवन निर्माणका लागि पहल गर्ने बताए ।
कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेम गुरूङ, दुर्गा पहारी, रामकृष्ण पहारीलगायतले बोलेका थिए । यसैबीच उपशाखाको भवन निर्माणका लागि शेषनारायण पौडेलले १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरे । सोही अवसरमा गोपि तुलाचन र राजेन्द्र पहारीले समान १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाका सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रकाश शर्माले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१