पोखरा । गोर्खा कम्युनिटी पोखराको आयोजनामा प्रथम गोर्खा खुला भेट्रान्स डबल्स तथा अन्तरपल्टन ब्याडमिन्टन प्रतियोगिता–२०७९ हुने भएको छ ।
वीर तथा इमानदार गोर्खाजको स्थापनाको २०७ वर्ष उपलक्ष्यमा वैशाख ११ र १२ मा सो प्रतियोगिता हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनायो । पोखरा ८, बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता हुने खेल संयोजक एवं गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिए । सिंगल्स र डबल्सतर्फका ३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तरपल्टन टिमबीच खेल हुनेछ ।
खुला डबल्सतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा अन्तरपल्टन विजेताले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । करिब ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ बढी खेलाडीले भाग लिने गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१