पोयुसापको काव्य सन्ध्या

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
samata

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्याको ३४७ औं शृंखला सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कवि डा. ईश्वरमणि अधिकारीले आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।

कवि केशु शर्माले पचासको दशकमा आफूले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आफू संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।

सो श्रृंखलामा कवि त्रिवेणी, मनीषा पौडेल, माधव खतिवडा, अमृता पौडेल, कृष्ण सुवेदी, रोशन तिमिल्सिना, रामजीप्रसाद आचार्य, लीली अधिकारी, प्राञ्जल, शिव त्रिपाठी, प्रकाश ज्ञवालीले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

परिवारको साहित्य संयोजक रीता अधिकारी ‘ऋतुले आगामी शनिबार पोखरामा लोकार्पण हुने ‘सेल्फ पोट्रेट’ बाट २ कविता वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width