पोखरा । अभिनेता महेश त्रिपाठी अभिनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखमा स्क्रिनिङ हुनेछ ।
जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैंले चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ ।
फिल्ममा वीनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायत कलाकारसँग अभिनय गरेका छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् ।
Related News
सम्बन्धित समाचार
‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित
मगर चलचित्रकर्मी संघको उद्घोषण तथा भाषणकला
महोत्तरीमा मान्छे बोक्सी हुन्न अभियान
फिल्म अवार्ड विजेता सर्ट फिल्म ‘परिबन्द’ माथि छलफल
चलचित्र पत्रकारिता सतहीमात्रै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९