भेट्रान फुटबलमा सेमिफाइनल समीकरण पूरा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
9 A side Photo

पोखरा । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाइन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको क्वार्टरफाइनल खेलमा पोखराको बगर भाइखलक, चितवन भेट्रान्स, संगम बी र सानो गौचरन विजयी भएसँगै सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

सोमबार सेमिफाइनलमा पोखराको संगम बीले बगर भाइखलकसँग प्रतिस्पर्धा गर्नेछ भने चितवन भेट्रानले सानो गौरचनसँग खेल्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए ।

पोखरा रंगशालामा भएको खेलमा पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित ग¥यो । मनोज गुरुङले दोस्रो र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दीपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जीत दिलाए । जोरपाटीका लागि जीवन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटमा गोल गरेका थिए ।

चितवन भेट्रानले पोखराको संगम क्लब ‘ए’ लाई ३–० गोल अन्तरले हरायो । वीरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गरे । सुरेन्द्र चौधरीले २० औं मिनेटमा दोब्बर बनाए । भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरको जीत सम्भव बनाए । खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पाखा लगाउँदै पोखराको संगम ‘बी’ ले सेमिफाइनलमा बगर भाइखलकसँगको भेट पक्का गरेको हो । खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरेको थियो । गुरुङले खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।

आइतबार भएको अन्तिम खेलमा सानो गौचरनले काठमाडौंको फ्रिडम फाइटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको छ । सागर थापा टाइब्रेकरमा चुके पनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । सानो गौचरनले फाइनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको पेनाल्टी विपक्षी गोलरक्षकले बचाएका थिए । सानो गौचरनका तर्फबाट नितिन गुरुङ, शुक्र तामाङ, यमु राना र जगत लामाको प्रहार गोलमा परिणत भएपछि सानो गौचरनले जीत पक्का बनाएको थियो । फ्रिडम फाइटरका लागि राजकुमार घिसिङ, रमेश गुरुङ, विष्णु सुनारले पेनाल्टी सदुपयोग गरे भने विक्रम श्रेष्ठ र मिलन राईको प्रहार बाहिरिएको थियो । निर्धारित समयमा सानो गौचरनका लागि तेजबहादुर गलामीले ३८ र ४१ औं मिनेटमा गोल गरे । फ्रिडमका लागि मिलन राईले पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई विक्रम श्रेष्ठले ३० औं मिनेटमा अर्को गोल थपे ।

प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङका अनुसार शनिबार ६ खेल खेलाइने छ । प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, २ सेमिफाइनलिस्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ५ विधाका खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width