पोखरा, ३ वैशाख । नेपालमा जमीनको हक हस्तान्तरण सुरु भएको एक सय वर्ष पुगेको अवसरमा लिखत पारित शतवार्षिकी गरी पोखरामा ३ दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला मालपोत कार्यालय कास्कीले ३ दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार ३ दिवसीय कार्यक्रमको अन्तिम दिन वैशाख २ गते कार्यालयबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरिएको छ । पोखरा २३ चापाकोटका सीता पराजुली र वीरेन्द्र पराजुलीलाई कार्यालय प्रमुख पौडेलले सम्मान गरे । त्यस्तै कर्मचारीबीच मैत्रीपूर्ण व्याटमिन्टन प्रतियोगिता पनि गरिएको थियो ।
मूल सामारोह कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले संघीयताको सुन्दर पक्ष सेवा र पहुँचसँग जोडिएकाले जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने बताए ।
उनले जग्गा अभिलेखीकरण, मूल्यांकनको आधार र गुठी व्यवस्थापन बारे नयाँ ढंगबाट छलफल गर्नुपर्ने औंल्याए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले पछिल्लो समय भूमि प्रशासन जटिल बन्दै गइरहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बढ्दो जनसंख्यासँगै जग्गाजमीनको महत्व झनै बढेको बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका सदस्य गिरिप्रसाद गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव गंगालाल पोख्रेल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका सचिव हरिप्रसाद शर्माले बोलेका थिए ।
जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत अधिकृत खुमादेवी रेग्मीले स्वागत र कर्मचारी फणिन्द्र पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१