पुम्दीकोटमा निर्मित विशाल महादेव मूर्तिको उद्घाटन

नेपाल हिन्दु राष्ट्र कायम गर्नुपर्छ: शंकराचार्य

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Pumdikot

पोखरा।  पोखरा– २२ पुम्दीकोटमा निर्मित विशाल महादेव मूर्तिको उद्घाटन भएको छ । काशी सुमेरु पीठाधीश्वर यति सम्राट अनन्त श्री विभूषित जगद्गुरु शंकराचार्य स्वामी नरेन्द्रनन्द सरस्वती महाराजबाट उक्त मूर्तिको प्राण प्रतिष्ठा एवं समुद्घाटन भएको हो । शंकराचार्य नरेन्द्र नन्दले शिवको महिमा बताउँदै भने शिवको उपासनाले मृत्युबाट पनि विजय पाउन सकिन्छ ।

उनले शान्ति, सद्भाव र एकताको लागि शिव उपासना महत्वपूर्ण भएको बताउँदै पुम्दीकोटमा निर्मित शिवधामले विश्व कल्याणमा सहयोग पुग्ने उल्लेख गरे ।
सनातन हिन्दु संस्कृति संसारकै सबैभन्दा पूरानो र सभ्यताको संस्कृति भएको उल्लेख गर्दै उनले बहुसंख्यक हिन्दु रहेकोे नेपाल हिन्दु राष्ट्र कायम गरिनुपर्नेमा जोड दिए ।
शिवमहापुरणका प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले पवित्र भूमिको आकर्षण अरु बढाउने संकल्प र दानले महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै जल चढाउँदा पनि प्रशन्न हुने भगवान् शिवको महिमा सुन्ने अवसर नगुमाउन सबैलाई आग्रह गरे ।

ब्रह्मकुमारी अप्सराले ज्ञानरुपी गंगामा नुहाएरमात्र पवित्र बन्न सकिने बताइन् । संकल्पकर्ता दानवीर कमल जैनले भने, ‘मैले दिएको होइन, भगवान्ले दिन भनेर दिएको हो ।’ उनले पहिले आपूmले पनि पोखरामा विशाल महादेव मूर्ति राख्न चाहेकोमा जग्गा नपाएर फर्किएको स्मरण गर्दै चन्द्रकान्त बरालको ५ वर्ष लामो अथक परिश्रमबाट निर्माण भई आपूmलाई सहयोग गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

पोखरा– २२ का अध्यक्ष मित्रलाल बरालले धार्मिक धामको रुपमा पुम्दीकोट परिचित भएको र पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताए ।
अध्यक्षको आशनबाट पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं धार्मिक पर्यटन महोत्सवका अध्यक्ष चन्द्रकान्त पौडेलले पुम्दीकोट विकासको बृहत् योजनाबारे प्रकाश पारेका थिए ।

समितिका सदस्य दुर्गाबहादुर गुरुङले स्वागत गरेको कार्यक्रम उपाध्यक्ष हिमलाल बराल र प्रचारप्रसार संयोजक प्रकाश बरालले सञ्चालन गरेका थिए । प्रचार समितिका संयोजक प्रकाश बरालले गरेका थिए ।

महोत्सव सुरु हुनु अगाडि शुक्रराज माविबाट भजन कीर्तन र झाँकीसहित निस्केको कलश यात्रा पुम्दीकोटमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।
महोत्वसको पहिलो दिन ४२ लाख ७५ हजार २ सय ९८ रुपैयाँ दान संकलन भएको अर्थ संकलन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width