पोखरा । नेपाल स्काउटको संरचना स्थानीय तहमा निर्माण भएसँगै स्काउटिङ अभियानले तीव्रता पाएको छ । यसैक्रममा गण्डकीमा पुतलीबजार नगरपालिका (स्याङ्जा) र माछापुच्छ्रे गाउँपालिका (कास्की) मा बिटिसी आधारभूत स्काउट तालिम भएको ।
शिक्षकलाई स्काउट तालिम दिई विद्यार्थीलाई स्काउटिङ अभियानमा संलग्न गराउने उद्देश्य साथ सो तालिम प्रदान गरिएको हो । चैत २५ देखि सुरु तालिम ६ दिनसम्म चलेको थियो ।
पुतलीबजारमा चलेको तालिमको उद्घाटन स्थानीय स्काउटका संरक्षक तथा सोही पालिकाका मेयर सीमा क्षत्रीले गरेकी थिइन् । तालिममा २७ विद्यालयका ३२ जना सहभागी थिए । समापनमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनी उपस्थित थिए । कार्यक्रममा पुतलीबजारका उपमेयर महेश पुरी, स्काउट गण्डकी संयोजक आशीर्वाद सुवेदी, प्रदेश अधिकृत विजय पौडेल लगायत उपस्थित थिए । स्थानीय स्काउट तदर्थ समिति पुतलीबजार संयोजक अमृत नेपालीको अध्यक्षता भएको तालिमको कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद पराजुली थिए ।
यता, माछापुच्छ्रेमा २१ विद्यालय समेटिने गरी २२ प्रशिक्षार्थीले भाग लिएको स्काउटका प्रदेश अधिकृत विजय पौडेलले जानकारी दिए । समापनमा माछापुच्छ«े गाउँपालिका स्थानीय स्काउट संरक्षक तथा पालिका प्रमुख कर्णबहादुर गुरुङ, पालिका उपप्रमुख कृष्णकुमारी दवाडी, स्काउट गण्डकी संयोजक आशीर्वाद सुवेदी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल, वडाध्यक्षहरुको उपस्थिति थियो। गाउँपालिकाका स्थानीय तदर्थ समिति संयोजक कानुन लामिछानेको अध्यक्षतामा भएको तालिमको कोर्स लिडर नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली थिए । यसप्रकारको तालिम अन्य पालिकामा पनि नियमित हुने स्काउटका गण्डकी प्रदेश अधिकृत पौडेलले जनाए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१