स्याङ्जा । प्रजातान्त्रिक विचार समाज स्याङ्जाको चौथो जिल्ला अधिवेशनले युक्तबहादुर बोगटीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्ष रामचन्द्र अर्याल, सचिव सीता गौडेल, कोषाध्यक्ष कमलराज लम्साल, सहसचिव ऋषि भण्डारी चयन भए ।
सदस्यहरु हेमप्रसाद गैहे, अनुप श्रेष्ठ, हेमकान्त गौतम, विष्णु गैह्रे, भवानी अधिकारी, कुशल काफ्ले, शान्ता थापा र चण्डिका भट्टराई छन् । अधिवेशनबाट मुक्तिप्रसाद सुवेदी, जीवलाल काफ्ले र मुक्तिप्रसाद रेग्मीलाई सल्लाहकार चयन गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै समाजका केन्द्रीय सचिव एवं प्राडा वासुदेव भण्डारीले प्रजातान्त्रिक विचार समाज समाजका नकारात्मक एवं सकारात्मक पक्षबारेमा आफ्ना अभिमत प्रकट गर्ने थलो भएको बताए । उनले विचारमा खुला र स्पष्टता नभएसम्म सफलता प्राप्त हुन नसक्ने भन्दै उपयुक्त सोचका लागि विभिन्न विचार मन्थन गरी निचोडमा पुग्न अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मुक्तिप्रसाद सुवेदीले आफ्ना कार्याकालमा भए गरेका कार्यक्रमबारे जानकारी गराएका थिए ।
गण्डकी प्रदेश सदस्य जीवलाल काफ्लेले समाजका बारेमा जानकारी गराए । समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सीता गौडेलले गरेकी थिइन् ।
विसं २०५२ सालमा वासुदेवचन्द्र मल्लले प्रजातान्त्रिक विचार समाजको स्थापना गरेका हुन । स्थापनाअघि मल्ल त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चीनका लागि राजदूतसमेत भइसकेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१