पोखरा । पोखरा १० रामघाटस्थित मेट्रोपोलिटन एकेडेमीले निशुल्क आँखा शिविर एवं विद्यार्थी सम्मान कार्यक्रम गरेको छ । बढ्दो वातावरण प्रदूषण एवं विद्युतीय उपकरणको प्रयोगले आँखामा परेको नकारात्मक असरलाई मध्यनजर गरी आयोजना गरिएको शिविरमा ७ सय जनाको आँखा जाँच गरिएको थियो ।
सोही विद्यालयका पूर्व विद्यार्थी डा. शशांक तिमिल्सिना र एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल पूर्व विद्यार्थी कुशल लामिछानेलाई सम्मान गरिएको थियो ।
विद्यालय सञ्चालक समिति अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले आफ्ना विद्यालयका विद्यार्थी उच्च ओहोदामा पुग्दा निकै गौरव लागेको सुनाए ।
विद्यालयका प्राचार्य दुर्गाप्रसाद शर्माले छिट्टै नै निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने बताए ।
विद्यालयका प्राचर्य दुर्गाप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोग रहेको थियो । कार्यक्रममा विद्यालयका निर्देशक समीर बरालको उपस्थिति रहेको कार्यक्रममा शिक्षक विद्यार्थी इन्चार्ज ईश्वर रानाभाटले स्वागत र शिक्षक भावना लामिछानेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१