हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गाउँपालिका १, २, ३ ढिकुरपोखरी उपशाखाले स्थापनाको २८ वर्षका गतिविधि समेटेर स्मारिका प्रकाशित गरेको छ ।
‘इतिहासको संरक्षण, अग्रजको सम्मान र योगदानको स्मरण’ आदर्श वाक्य राखेर प्रकाशन गरिएको स्मारिकाको कास्की रेडक्रसका सभापति डोलराज पाण्डेले विमोचन गरेका हुन् । कार्यक्रममा पाण्डेले ढिकुरपोखरी उपशाखाले गरेका शैक्षिक तथा मानवीय सेवाका कार्यहरु जिल्लामै उदाहरणीय रहेको र स्मारिका पनि पठनीय तथा वास्तविक रुपमा रेडक्रसको ज्ञान दिन सक्ने भएको औंल्याए ।
कास्की रेडक्रसका कोषाध्यक्ष सुरेन्द्र गुरुङले उपशाखाले गर्दै आएका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गाउँ शिक्षा प्रमुख बलराम भुगाइँ, अन्नपूर्ण २ का अध्यक्ष चूडामणि अधिकारी, कार्यपालिका सदस्य भगवती भण्डारी, माछापुच्छ्रे माविका प्रधानाध्यापक घनश्याम पौडेल, समाजसेवी भेषराज पौडेल, युरेस अध्यक्ष सन्दीप भण्डारी, मोर्निङस्टार माविका शिक्षक नायक दिलबहादुर जिसीलगायतले पनि भनाइ राख्दै नववर्ष २०७९ को शुभकामना आदानप्रदान समेत गरे ।
उपशाखा सभापति तथा स्मारिकाका सम्पादक नारायणप्रसाद भण्डारीले स्मारिका प्रकाशन गर्दाका अनुभव राख्दै सहयोगी संघसंस्था, लेखरचना प्रदान कर्ता र शुभकामना दाताप्रति कृतज्ञता जनाए ।
कार्यक्रमबीच रेडक्रसको विधानअनुरुप २५ हजार सदस्यता शुल्क तिरेर विशिष्ट सदस्य बनेका ११ जनालाई सम्मान पनि गरियो ।
उपशाखा सभापति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे« युरेस अध्यक्ष शिशिर पौडेलले ७ सिद्धान्तवाचन, उपसभापति परमेश्वरी सुवेदीले स्वागत तथा सचिव रमेशराज भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१