माइती सम्झेर आएँः उपसभामुख शर्मा

पूर्वाञ्चल सेवा समाजको नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Purbanchal Sewa Samaj

पोखरा । पूर्वाञ्चल सेवा समाजको १७ औं साधारणसभा तथा १० औं अधिवेशन शनिबार पोखरामा सम्पन्न भयो ।

सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले सामाजिक संस्था पनि एउटा घर जस्तै भएको र सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

पूर्वेली भन्नेवित्तिकै आफ्नो माइतीको सम्झना हुने गरेको बताउँदै उनले भनिन्, ‘हरेक चेली आफ्नो माइती पनि समृद्ध बनोस् भन्ने चाहन्छन् ।’

संस्थाका कानुनी सल्लाहकार एवं पे्रस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले राजनीति गर्ने त पार्टीहरु छदै छन् भन्दै सामाजिक संस्थाभित्र राजनीति गर्नु नहुने बताइन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष डिकबहादुर राई, पूर्व अध्यक्ष, दीपेन्द्र राई, सल्लाहकार गणेश पाख्रिन, क्युपेक नेपाल अध्यक्ष तीर्थराज मगर, किराँत सेवा कास्कीका सल्लाहकार लोकेन्द्रकुमार राई, गण्डकी प्रदेश ट्राफिक प्रमुख गोविन्द अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष लुइँटेलले स्वागत तथा सचिव मिलन दुलालले सञ्चालन गरेका थिए । सो अवसरमा नव वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो लोकार्पण गरिएको थियो ।

अधिवेशनले बालकुमार लुइँटेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा हरिप्रसाद जमरकट्टेल द्धितीय उपाध्यक्षमा चन्द्रा पराजुली, महासचिव मिलन दुलाल, सचिव हिमाल दंगाल र कोषाध्यक्षमा युनिसा उप्रेती चयन भएका छन् । सदस्यमा भीमप्रसाद लुंगेली, अजय लामा, शंकर लुइँटेल, सीता गुरुङ, पुरन श्रेष्ठ र रविन खतिवडा छन् ।

पूर्व अध्यक्ष दीपेन्द्र राईको संयोजकत्वमा गठित प्रमोद श्रेष्ठ र कानुनी सल्लाहकार दुर्गा भण्डारी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width