हाम्रो सहयोगी सहकारीको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
hamro sahayogi

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गर्नुको साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले क्यालेन्डर विमोचन गर्दै सहकारीका सिद्धान्तलाई पूर्ण पालना गर्दै अघि बढ्नुपर्ने बताइन् । उनले जनहितमा काम गर्ने सहकारीसँग आफू जहिले पनि सँगै रहेको स्पष्ट पारिन् ।

जिल्ला बचत संघका अध्यक्ष भेषराज पराजुलीले सबै सहकारीहरुले आर्थिक पारदर्शीता कायम गर्दै ब्यवहारमा समानता अपनाउन आग्रह गरे ।

सहकारी अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सहकारीका व्यवस्थापक जीवन अधिकारी, शिक्षा संयोजक भीम सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । स्वागत सहकारी कोषाध्यक्ष सिर्जन सुवेदी र संचालन सचिव कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width