पोखरा । स्याङ्जाको हरिनाश गाउँपालिकास्थित चिसापानी साना किसान कृषि सहकारीले वित्तीय साक्षरता तथा अन्तरसमूह सुदृढीकरणसम्बन्धी तालिम दिएको छ । हरिनाश २ का साना किसान समूहका अध्यक्ष तथा अन्तरसमूह प्रतिनिधि गरी तालिममा ४० जनाको सहभागिता थियो ।
तालिममा संस्थाका कर्मचारी भुवानी थापा श्रेष्ठले साना किसान समूह र संस्थाका अध्यक्ष प्रकाश पौडेलले सहकारीको महत्व, सहकारी शिक्षा, बचत तथा ऋणको महत्व, सहकारीले प्रवाह गरिरहेका सेवा तथा आगामी दिनका योजनाबारे प्रकाश पारेका थिए । उनीहरुले साना किसान सदस्य तथा समूहको जिम्मेवारीबारे सहजीकरण गरेका थिए । सहकारीका उपाध्यक्ष चित्रबहादुर गुरुङ, कोषाध्यक्ष मिठु लम्साल लगायतले सहकारीले छरिएर रहेका पुँजी एकत्रित गरी लगानी गर्न सहयोग पुर्याउने बताएका थिए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखराको आर्थिक सहयोगमा तालिम भएको हो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१