पोखरा । सत्ता गठबन्धनलाई आवश्यकता आधारमा साथ लिने वा छोड्ने अधिकार तल्लो निकायलाई छ । यसको मतलव वडाले आवश्यकता नठाने चुनावी गठबन्धन नहुन पनि सक्छ ।
नेपाली कांग्रेसले बिहीबार मतभार र प्रभावका आधारमा सत्ता गठबन्धनका दलहरुसँग मिलाप गर्न छुट दिएको छ । कास्कीमा गठबन्धन बैठक नियमित बसिरहेको छ । गठबन्धनका अरु दलहरुले अस्वभाविक माग राखेर कांग्रेससँग ‘बार्गेनिङ’ गरेको भन्दै कास्की कांग्रेस रुष्ट बनेको छ । शनिबारको बैठकबाट निस्केपछि सचिव भानु ढकालले भने, ‘मेयर छोडेर गठबन्धन हुँदैन । माथिबाट लाद्ने प्रयास भए हामी गठबन्धन तोडेर जान्छौं ।’ उनले अरु पार्टीसँग कास्कीका कुनै पनि पालिका जित्ने जनाधार नभएको भन्दै कांग्रेसले नेतृत्व नछोड्ने बताए ।
‘पाँच वटै पालिकाको प्रमुख पद कांग्रेसको हो । वडामा पनि हामी नेतृत्व छोड्दैनौं,’ उनी भन्छन्, ‘यसरी मिल्दैन भने गठबन्धन आवश्यक छैन । हामी आफ्नो निर्णय गरेर अघि बढ्छौं ।’ आइतबारसम्म पोखरा महानगर र मादी गाउँपालिकाको उम्मेदवार सिफारिस हुनेछन् भने सोमबार बाँकी ३ गाउँपालिकाका उम्मेदवारको सिफारिस हुने ढकालले बताए । जिल्ला कार्यसमितिले सबैलाई वडादेखि पालिकासम्मको नाम सिफारिस गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
जिल्ला सभापति किशोरदत्त बराल गठबन्धनको निर्णय हुँदासम्म ढिलो हुने भएकोले सिफारिसको बाटो फुकाएको बताउँछन् । ‘यता निर्णय गरेर नाम माग्दा अबेर हुने भयो । त्यसैले नाम चाहिं पठाउनू भनेका छौं,’ उनले भने, ‘भोलि गठबन्धन भएका ठाउँमा सजिलै छोड्ने गरी नाम सिफारिस हुन्छ ।’ उनले गठबन्धन र सिफारिस सँगसँगै अघि बढ्ने बताए ।
‘पाँच वटै पालिकाको प्रमुख पद कांग्रेसको हो । वडामा पनि हामी नेतृत्व छोड्दैनौं’
पाँचदलीय गठबन्धनले कास्कीका पालिका र वडाको विभाजन शनिबार नै सिध्याउने गरी निर्णायक बैठक राखेको थियो । उक्त बैठकमा पनि सबै दलको आ–आफ्नै दाबी दोहोरिएपछि निष्कर्ष निस्किएन । अरु दलहरु पोखरा महानगर र ४ वटा गाउँपालिकाको निर्णय एकै पटक हुनुपर्ने अडानमा छन् भने कांग्रेसले अरु पालिका सकेर महानगर केन्द्रलाई जिम्मा दिन प्रस्ताव गरेको छ । स्रोतका अनुसार मादी गाउँपालिकाको अध्यक्षमा माओवादीको दाबी छ । एकीकृत समाजवादीले माछापुच्छ्रे गाउँपालिका खोजेको छ भने जनता समाजवादीले अन्नपूर्ण गाउँपालिका खोजेको छ । तर कांग्रेसले सबैलाई उपाध्यक्ष दिएर नेतृत्व आफैसँग राख्ने दाउ गरेको छ ।
आइतबार निर्णायक वार्ता हुने गबठन्धन दलहरुको भनाइ छ । शनिबारको बैठकले पोखरा महानगरपालिकाबाहेक कास्कीका ४ गाउँपालिका र ७२ वटै वडाको भागबण्डा आइतबार लगाउने निर्णय गरेको हो । आइतबार साँझ ४ बजे अर्को बैठक बोलाइएको छ । कास्कीका सबै पालिकामा पार्टीको मतभार र संगठनको अवस्थाबारे प्रतिवेदन तयार गर्न कांग्रेस सचिव भानु ढकालसहित माओवादी कास्की संयोजक बखानसिंह तमु र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले जिम्मा पाएका छन् । आइतबारको बैठकमा उक्त प्रतिवेदन पेस गरेपछि सन्तुलन आधारमा गठबन्धनको मोडालिटी बनाइने उनीहरुको भनाइ छ ।
‘आइतबारको बैठकबाट एउटा आधिकारिक खाका बन्छ । कुन पालिकामा कसलाई पठाउने भन्ने निर्णय हुन्छ,’ उनले भने, ‘यो चुनाव पार्टीहरुको चुनाव भएन । अहिले जो उठे पनि गठबन्धनको उम्मेदवार हो । त्यसमा हामी सहमत छौं ।’ अध्यक्ष वा उपाध्यक्ष सबै पार्टीलाई अनुपात हिसाबमा भाग लगाउने आचार्यले बताए । २०७४ को स्थानीय चुनावमा कास्की एमालेको दबदबा देखिन्छ । कांग्रेसले अन्नपूर्ण गाउँपालिकासहित २४ वडा जितेको थियो भने माओवादीले ३ वटा वडामात्रै जितेको छ । बाँकी सबै पालिका र वडाको चुनाव एमालेले जितेको हो । माओवादी कास्की संयोजक बखानसिंह तमु धरातलमा रहेर छलफल नहुँदा निकै समस्या आएको बताउँछन् । ‘अघिल्लो चुनावको नतिजा हेर्दा कांग्रेस एमालेपछिको दल हो । माओवादी कांग्रेसभन्दा अलि धेरै नै फरक मतसहित तेस्रो भएको हो,’ उनले भने, ‘एस (एकीकृत समाजवादी) को पुरानो मत केलाउने ठाउँ छैन । त्यसैले यही अनुपातमा मिलाउनुपर्छ । नत्र गठबन्धन मजबुत हुँदैन । रिजल्ट निस्किंदैन ।’ आइतबार सकेसम्म सबै सक्ने र नभए सोमबारसम्म निष्कर्ष निकाल्ने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१