उद्धार गर्ने सेनालाई सेट घर

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७९
nepali sena

पोखरा । फेवातालमा जलजन्य विपत उद्घारमा खटिने नेपाली सेनाका जवान बस्न नेपाली सेनाले सेटघर निर्माण सुरु गरेको छ ।

मध्यकमाण्ड हेडक्वार्टरका कमान्डपति उपरथि बाबुराम श्रेष्ठले सो घरको शिल्यान्यास गर्दै यसको महत्वबारे प्रकाश पारे । उनले पोखरा घुम्नेहरुको आवश्यकतालाई मध्यनजर गरी सो घर निर्माण अनिवार्य भएको बताए ।

निर्माणााधीन सेटघर रत्न मन्दिर परिसर र बाराहीघाट नजिक रहेको छ । करिब ३२ लाखको लागत अनुमान गरिए पनि नेपाली सेनाले श्रमदानले आधा रकम कम हुनेछ । घर निर्माणका लागि कुनै लिखित बजेट नभए पनि विभिन्न संघसंस्थाले केही सहयोग गर्ने भएका छन् । होङ्सी सिमेन्टले ३ सय बोरा सिमेन्ट सहयोग गरिसकेको छ भने गण्डकी सरकार, पोखरा महानगर, कास्की जिल्ला हार्डवयर एसोसिएसन लगायतले सहयोगका लागि प्रतिबद्घता जनाएका छन् ।

तालमा हुन सक्ने सम्भावित दुर्घटना न्युनीकरणमा सेनाले उद्घार टोलीलाई ताल किनारमा तैनाथ गर्दै आएको छ । अहिले उद्धार टोली पालभित्र सीमित छ ।

गत चैत ८ मा पोखरा घुम्न आएका २३ जना पर्यटक फेवातालमा आएको छालका कारण फँसेका थिए । त्यसबेला तत्काल उद्धार हुँदा उनीहरु सकुशल भएका थिए । तालमा डुबेकाहरुको नियमितरुपमा उद्घार हुँदै गर्दै आएको र मानव जीवन रक्षामा सघाउ पुगेको मध्यकमाण्डका सूचना अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग