पोखरा । अमेरिकाको मेरिल्यान्ड हाउस अफ डेलिगेट्स मेम्बर ह्यारी भण्डारीसँग नेपाल पत्रकार महासंघ कास्की टोलीले शुक्रबार भेटघाट गरेको छ ।
भेटमा ह्यारीले पत्रकारले खबरदारी मात्र नभएर सही बाटो देखाउने काम पनि गर्ने धारणा राखे । अमेरिकामा नेताहरु सबैभन्दा बढी पत्रकारसँगै डराउने उनको भनाइ थियो । यसैकारण पनि पत्रकारले कलम चलाउँदा ध्यान दिनुपर्ने सुझाव दिए । उनले आफू डेलिगेट्स मेम्बर भएदेखि अमेरिकामा रहेका नेपालीभाषीको हितका लागि विधेयक बनाउनेदेखि हरेक दुखमा साथ दिएको बताए ।
नेपाल अमेरिकाको सम्बन्धको ७५ औं वर्षगाँठ चलिरहँदा अमेरिकाले नेपालको हरेक क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए । सबैले अमेरिकाजस्तै धनी हुने सपना देख्ने गरेकाले गरिबी हटाउन शिक्षामा लागनी गर्नुपर्ने उनको धारणा थियो । आफू जता गए पनि जति नै ठूलो पदमा पुगे पनि नेपाल र नेपालीको माया उत्तिकै रहेको सुनाए । नेपालको स्वास्थ्य क्षेत्र सुधार्न प्रयास गरिरहेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई नयाँ नयाँ प्रविधिमा जोड्न सके पत्रकारिता क्षेत्रको विकास हुने धारणा राखे । त्यसका लागि अमेरिका र नेपालका पत्रकारबीच तालिम, अनुगमन र अनुभव आदानप्रदानको महत्वपूर्ण भूमिका हुने बताए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले ह्यारी गण्डकी प्रदेशमा जन्मिएर मेरिल्याण्ड हाउस अफ डेलिगेट्स मेम्बर हुनु देशकै लागि गौरवको विषय हो भन्दै बधाई दिइन् । जहाँ रहे पनि नेपाल र नेपाली माटोप्रति घनिष्ठता कायम राखिरहन उनको आग्रह थियो । पर्वतमा जन्मिएका ह्यारी सन् २००५ मा अमेरिका पुगेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१