‘समयमा निर्वाचन नगर्ने षड्यन्त्र चिर्नुपर्छ’

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७९
kp oli

लमजुङ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा निर्वाचन नगर्ने बहानाविरुद्धमा खडा हुन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् । एमाले जिल्ला कमिटीले बेंशीसहरमा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् ।

उनले अब ८ महिनापछि हुने संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एमालेले बमुहत ल्याउने सुनिश्चित भएको हुँदा ती सरकारले तय गरेका नीति र कार्यक्रम तल्लो तहको जनस्तरमा लागु गर्न स्थानीय तहको निर्वाचनमा जित्नु पर्ने बताए । आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बेलामा नै आफूहरू जस्केलाबाट सरकारमा जाने नभई मूलढोकाबाट सरकारमा जाने र त्यो मताधिकारका आधारमा हुने भनिसकेको स्मरण गर्दै त्यसका लागि कार्यकर्तापंक्ति तयार रहन आह्वान गरे । उनले प्रत्यक्षमा ९० भन्दा बढी र समानुपातिकमा ६० भन्दा बढी सिट एमालेले जित्ने दाबी गर्दै त्यस अनुसारको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन गरे । उनले कार्यकर्तालाई उत्साहित बनाउँदै एमाले मरेको बिरालो नभई ज्युँदो बाघ भएको बताए ।

एमालेसँग मुकाविला गर्ने सामर्थ नभएकै कारणले गर्दा कांग्रेसले समेत गठनबन्धन रुचाएको बताउँदै माधव नेपाल र प्रचण्डलाई ‘बिचरा’ को संज्ञा दिए । उनीहरू कांग्रेसलाई ६० प्रतिशत सिट दिन तयार भएबाट उनीहरूको हैसियत प्रष्टिएको ओलीले टिप्पणी गरे । माधव र प्रचण्डलाई पार्टी शरीरमा बिझेको काँडा तथा उम्रिएको पिलोको संज्ञा दिंदै अहिले काँडा झिकेपछि वा पिलो फुटेपछि हुने आरामको स्थितिमा पार्टी आएको र गतिशील रहेको दाबी गरे ।

एमालेले प्रत्यक्षमा ९० भन्दा बढी र समानुपातिकमा ६० भन्दा बढी सिट जित्ने ओलीको दाबी

उनले आफ्नो पालामा कुनै भ्रष्टाचार नभएको बताउँदै १० महिना भइसक्यो सरकारमा आएको खै त छानविन गरेको ? भन्ने प्रश्न गर्र्दै सरकारको हिम्मत भए ओम्नी, बालुवाटार लगायतका काण्डको छानविन गर्दा हुन्छ भने । उनले एमाले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता एवं अखण्डता बचाउने पार्टी भएको दावी गर्दै उनले ४ सदस्यीय कार्यदलले बनाएको प्रतिवेदनका बारेमा समेत प्रधानमन्त्री देउवाले चुँक्क बोल्न नसकेको बताए ।

करिब डेढ घण्टाको सम्बोधन क्रममा ओलीले बैशाख ३० सम्म कार्यकर्ताले लक्ष्मण चरित्र निर्वाह गर्नुपर्ने पुनः निर्देशन दिए । मतपत्र बाकसमा खसाल्लेदेखि घोषणासम्मका सबै प्रक्रिया हाम्रा सामुन्नेमा हुनुपर्छ । त्यसका लागि तयार रहन आवश्यक काम गर्न जिल्ला कमिटीदेखि सबै पार्टी पंक्तिलाई आह्वान गर्दछु,’ उनले भने । उनले जोड दिंदै भने, ‘आचारसंहिता हामीलाई मात्र लागु हुँदैन । यसपटक मतपत्र चपाउन वा सट्टपट्टा गर्न पाइने छैन ।’

एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त भेलामा एमालेका केन्द्रीय सदस्यद्वय मायानाथ अधिकारी, टुका हमाल तथा एमालेका गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले समेत धारणा राखेका थिए । एमाले जिल्ला उपाध्यक्ष यशोदा रिमालले स्वागत तथा जिल्ला सचिव सुभाष पौडेलले गरेका थिए । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ५ हजार १ जनाको निर्वाचन परिचालन जिल्ला कमिटी गठन गरिएको सचिव पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width