जग्गा कारोबारमा लिखतको सय वर्ष

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७९
malpot

लेखनाथ । लिखत रजिस्ट्रेसन पास गरी घरजग्गाको हक हस्तान्तरण प्रक्रिया सुरु भएको सय वर्ष पुरा भएको छ । लिखत पारित भएको सतवार्षिकीको अवसरमा मालपोत कार्यालय लेखनाथले बिहिबार प्रभातफेरी एवं अन्र्तक्रिया कार्यक्रम गरेको छ । पोखरा–२७ तालचोकबाट बिहान ८ बजे सुरु भएको प्रभातफेरी मालपोत कार्यालय लेखनाथ भण्डारढिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लिखत पारित गर्दा करछली हुने गरेको बताए । उनले बाटो र सरकारी एवं सार्वजनिक संरचनाहरुको लगत कट्टा लगायतका समस्यालाई व्यवस्थित गर्न आग्रह गर्दै त्यसका लागि महानगर तयार रहेको बताए ।

मेयर जिसीले आफ्नो सम्पत्ती एवं लगानीको सुरक्षाका विषयमा अब सरोकारवाल पनि सचेत हुनुपर्ने र प्रविधीको अधिकतम उपयोग गरेर छिटो छरितो सेवा दिनुपर्ने बताए । मालपोतमा सबैभन्दा बढी विचौलियाको समस्या रहेको भन्दै उनले त्यसलाई कम गर्न सुझाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सम्पतीमा आफ्नो अधिकार कायम भएको सय वर्षमा धेरै सुधार भएपनि अझै बाँकी रहेको बताए । उनले कर्मचारीहरुमा लाग्ने आक्षेपप्रति सचेत हुन आग्रह गरेका छन् । राष्ट्रिय सम्पत्तीको संरक्षण एवं व्यवस्थापनको लागि राष्ट्रसेवाको क्षेत्रमा अझ बढी उत्साह थप्ने उनको भनाई छ ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ लगायतले बोलेका थिए । मालपोत कार्यालय लेखनाथका अधिकृत नारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नापाी कार्यालय लेखनाथका प्रमुख रामकुमार बस्नेतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन मालपोत अधिकृत प्रकाश पौडेलले गरेका थिए ।

सोही अवसरमा कार्यालयले प्रकाशन गरेको नव वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । राधाकृष्ण वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यान्न समेत वितरण गरिएको मालपोत कार्यालय लेखनाथले जनाएको छ । भूमि व्यवस्था मन्त्रालयका अनुसार वि.सं. १९७९ वैशाख १ गते पहिलो पटक लिखत रजिस्ट्रेसन पास भएको थियो ।

विभागका अनुसार १९७९ वैशाख १ बाट राज्यले जग्गालाई क्रमशः व्यक्तिको निजी सम्पत्तिका रूपमा स्वीकार गर्दै आएको हो । जग्गाको प्रयोगकर्ताबाट कुत संकलन गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा हक हस्तान्तरण हुन सक्ने अवधारणा पनि त्यसबेलादेखि नै विकास भएको हो । त्यसपछि १९८० मा भक्तपुरमा कित्ता नापीको सुरुवात भयो भने १९९६ सालमा काठमाडौं नापी गोश्वाराको स्थापना भएको थियो ।

२००८ सालमा पहिलो बजेटमा कुल आयको ५० प्रतिशतभन्दा बढी आम्दानी मालपोत आय रहेको थियो । १ सय वर्षअघि बाँसको कलमले लेखेर सुरु गरिएको लिखत रजिस्टे«सन पास गर्ने प्रक्रिया आजसम्म आइपुग्दा पनि कागजमै सीमित छ । केही कार्यालयले भने अनलाइन सिस्टमबाट काम थालेका छन् ।

जग्गा प्रशासनसँग सम्बन्धित सेवा प्रवाहलाई आधुनिक सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भूमि व्यवस्थापन विभाग र नापी विभागले दुई÷दुईवटा अनलाइन कार्यक्रम सुरु गरेका छन् । भूमि व्यवस्थापनले भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस), भूसेवा केन्द्र (पाम) सेवा सुरु गरेको छ। यसैगरी नापी विभागले मेरो कित्ता र नेलिस कार्यक्रम सुरु गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width