पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ‘कौमोदकी’ लोकार्पण गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले जर्नलको जर्नल लोकार्पण गरे । सोही अवसरमा खतिवडाले वेबसाइट पनि शुभारम्भ गरे ।
शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा क्रियाशील विश्वविद्यालयका आंगिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिइरहेको बताए । विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै उनले यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वानहरूले युगानुकुल रुपमा व्यवहारोपयोगि बनाउँदै लैजानुपर्ने बताए ।
विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताए । उक्त अवसरमा जर्नलमा प्रकाशित लेखरचनाको प्रा.डा.यामबहादुर पौडेल क्षेत्री, सहप्रा डा. लक्ष्मीशरण अधिकारी, सहप्रा.डा.काशीनाथ कँडेल, डा.सवीन्द्रराज भण्डारी, डा.भोलानारायण रेग्मीले समीक्षा गरेका थिए ।
कार्यक्रममा सहप्राडा. चूडामणि कँडेलले जर्नल प्रकाशन र वेबसाइट निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पारेका थिए भने नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष सहप्रा.आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताए । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राखे । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्राडा शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१