पोखरा । टप्स बोर्डिङ स्कुलले कक्षा १२ का विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । कार्यक्रममा लिटिल स्टेप स्कुल तथा लिंकन इन्टरनेसनल कलेजका संस्थापक शेरबहादुर गुरुङले कक्षा १२ का विद्यार्थीलाई टीका, खादासहित मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाइ गरे ।
कक्षा ११ विज्ञान संकायकी हिरा खत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा दश जोड दुई संयोजक निर्मल सोती, सहप्राचार्य चित्रकुमार गुरुङसँगै लिटिल स्टेप स्कुल तथा लिंकन इन्टरनेसनल कलेज संस्थापक प्रिन्सिपल पम्फा गुरुङले शुभकामना राखेका थिए ।
विद्यालयका संस्थापक प्राचार्य रत्नमान गुरुङले आफ्नो लक्ष्य प्राप्तिमा सदैव लागेर अभिभावकको सपना साकार गर्न अनुशासित भएर अध्ययनमा लाग्न विद्यार्थीहरुलाई सुझाउँदै उच्च शिक्षासँगै सुखद भविष्यको शुभकामना दिए ।
विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेको सो कार्यक्रममा कक्षा १२ को तर्फबाट आँगन थापामगरले धन्यवाद ज्ञापन गरेकी थिइन् । कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा दिवा सत्रमा पढाइ हुँदै आएको मिडिया संयोजक गोपाल खनालले दिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१