अर्मलाका प्यासीलाई जर्मनीबाट पानी उपहार

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७९
kewore

पोखरा । २२ वर्ष अघि नेपाल रेडक्रस सोसाइटीले पोखराको अर्मलामा खानेपानी परियोजना निर्माण गरिदियो । दैनिक जनसंख्या बढ्दै गयो, उपभोक्ता बढ्दै गए । तर अहिलेसम्म उक्त आयोजना स्तरोन्नती भएन । गाउँलेहरु खोलाको पानी पिउन बाध्य भए । पानी नपाएर काकाकुल बनेका केवरेका स्थानीयलाई नयाँ वर्षको अवसरमा घरघरै खानेपानीको धारा कोशेली दिईएको छ । कर्मफ्लाईटस् फाउन्डेशनले जर्मनीको टुएड अर्गनाइजेसनको सहयोगमा १८ घरधुरीलाई एक घर एक धारा परियोजना निर्माण गरिदिएको हो ।

पोखरा महानगरपालिकाको समेत आर्थिक साझेदारीमा २५ लाख भन्दा बढी लागतमा खानेपानीको व्यवस्था गरिएको हो । परियोजनामा महानगरको ५ लाख, कर्मफ्लाईटस्को १३ लाख र स्थानीयको ७ लाख ८० हजार संकलन भएको वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले जानकारी दिए । परियोजनाका डिजाइनर कालिदास सापकोटाले केवरे बासीको तत्कालको समस्या समाधान भएपनि परियोजनालाई दिगो रुपमा सञ्चालन गर्न मर्मत संभार कोषको व्यवस्था आवश्यक रहेको बताए ।

कर्मफ्लाईटस् फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले गएको पुस २८ गते परियोजना सम्झौता भएर ३ महिनामै काम सम्पन्न गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले खानेपानी दिगो रुपमा सञ्चालन गर्न मर्मत सम्भार कोष निर्माण गर्ने प्रतिबद्धता जनाए । सानो स्केलको परियोजना भएपनि ‘ग्राभिटी फ्लो’ र ‘लिफ्टिङ सिष्टम’ दुवै प्रयोग गरिएको योजनामा २ वटा इन्टेक छ । त्यहाँ ३ वटा आरविटी पानी संकलन टंकी, एउटा पम्प हाउस र २१ वटा धारा जडान गरिएको परियोजनाका सामुदायिक प्राविधिक गोपीलाल तिमिल्सिनाले जानकारी दिए । परियोजना स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग