बीएमडब्लू बाइकको पोखरामा बिक्री सुरु

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७९
BMW bike logo

पोखरा । पोखरामा बीएमडब्लू मोटरसाइकलको बिक्री सुरु गरिएको छ । पोखरा ९ नयाँबजारमा रहेको पञ्चासे मोटरराडले बीएमडब्लु पोखरा भित्र्याएको हो । नयाँवर्षको अवसरमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बाइकसँगै सोरुमको उद्घाटन गरे ।

थापाले पोखरामा बाइकको सौखिनहरु बढ्दै गएकाले नयाँ नयाँ ब्राण्डको खोजी बढेको बताए । युवाहरुको शोख बीएमडब्लू बाइकले विस्तारै पुरा गर्ने उनको भनाइ छ । सोरुममका संचालक एवं प्रबन्ध निर्देशक प्रेम गुरुङले सुरुमा बीएमडब्लू वाइकका दुई वटा मोडलको विक्री वितरण सुरु गरिएको जानकारी दिए । प्रिमियम बाइकको रुपमा रहेको बीएमडब्लूले पोखरा क्षेत्रमा क्रमशः आकर्षण बटुल्दै जाने उनको विश्वास छ । अहिले भारतको टीभीएस कम्पनीले बीएमडब्लू मोटरराड उत्पादन गर्दै आएको छ ।

भारतमा स्थापित प्लान्टमा उत्पादन हुने ५०० सीसी क्षमतासम्मका बाइक ९० देशमा सप्लाई भैसकेको छ । नेपालमा हिमालयन मोटरराडले बीएमडब्लूको विक्री जिम्मा पाएको छ । संस्थाका जनरल म्यानेजर दीपेश श्रेष्ठले बीएमडब्लू वाइक नेपालको भूगोल सुहाउँदो भएको भन्दै नेपालमा यसको बजार सकारात्मक हिसावले विस्तार हुने विश्वास लिए । यसको मुल्य १३ लाख ५० हजारदेखि १३ लाख ७५ हजार रुपैयाँसम्म छ । जी ३१० आर र १४ लाख ५० हजारदेखि १४ लाख ७५ हजार मुल्य छ भने जी ३१० जीएस मोडल पनि पोखरामा उपलब्ध छ । बीएमडब्लूका ३ सय १३ सीसीदेखि १२५० सीसी क्षमताका बाइक उपलब्ध रहेको र आवश्यक्ता अनुसार अझै थप्न सकिने निर्देशक गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width