पोखरा । नेकपा एमालेभित्र महानगरको मेयर र उपमेयरका उम्मेद्वार सर्वसम्मत छान्न नसकेपछि मतदानमा जाने भएको छ । एमालेले शुक्रबार मतदानको कार्यक्रम राखेको छ । एमाले पोखराको सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिबक्ताहरु कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाईएको हो । निर्वाचन मण्डलले निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार विहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिएपनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।
मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारी सहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।
यसअघि मेयरमा १२ र उपमेयरमा ११ जनाले नाम टिपाएपनि पुनः मनोनयन गर्न लागिएको छ ।
आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । यसअघि उपमेयर मन्जुदेवी गुरुङले कुनैपनि पदमा आकांक्षा देखाएकी छैनन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ । ‘अहिले सांसदमै रहेको मान्छे फेरि मेयर र उपमेयरमा आकांक्षा देखाउनु राम्रो त होईन । अरु नेताहरु पनि छन् नि महानगर धान्ने,’ एक नेताले भने, ‘सांसद रोक्ने प्रयास चौतर्फी भएको छ ।’ सांसदहरु विरुद्ध चौतर्फी घेराबन्दी भएको बैठकमा सहभागी ति नेताले बताए । ‘कसैलाई पदैपद, कसैलाई खाली हात हुन हुँदैन,’ उनले भने, ‘कामको आधारमा मुल्यांकन हुनुपर्छ । अवसर पाए जसले पनि महानगर चलाउन सक्छन् ।’
अहिले सांसद कृष्ण थापाले मेयरको टिकट पाउने चर्चा गरिएको छ । अर्का सांसद पहारी पनि निकै रस्साकस्सीमा छन् । यसअघि उपमेयर गुरुङलाई समेत मेयरको आकांक्षीको रुपमा चर्चा गरिएको थियो । तर उनले आकांक्षा देखाईनन् । २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिश्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याईएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका हुन् भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याएपनि भेग र जातीय हिसाव मिलाउनुपर्ने भएकोले दोश्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी हुन् । अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१