पोखरा । आदर्श समाज दैनिक २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल वैशाख १ मा पाक्षिक पत्रिकाबाट प्रकाशन आरम्भ गरेको आदर्श समाजले स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको हो । बिहीबार न्यूरोड स्थित कर्पोरेट कार्यालयमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका यहाँसम्म आइपुग्न सहयोग गर्ने सबै कर्मचारी, पाठक, विज्ञापनदाता, शुभचिन्तकलाई धन्यवाद दिए । उनले विगत स्मरण गर्दै आदर्श समाज सधैं देशको समृद्धिका लागि स्वतन्त्र पत्रकारितामा कटिबद्ध रहेको बताए ।
पत्रिकाका सम्पादक भरत कोइरालाले आदर्श समाजलाई छापासहित सयमक्रम अनुसार परिस्कृत गर्दै लगिने प्रतिवद्धता जनाए । राज्यलाई सहि दिशा दिन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेकाले आफ्नो टीम त्यसैमा कटिबद्ध रहने उनले बताए । आदर्श समाजका स्थापनाकालिन सदस्य शिरोमणी बरालले पोखराको पत्रकारितामा आदर्श समाज एक धरोहर भएको बताए ।
गण्डकीबाट प्रकाशित दैनिक पत्रिकामध्ये आदर्श समाज ‘क’ वर्गमा सूचिकरण हुने एकमात्र राष्ट्रिय दैनिक हो । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७६/७७ को पत्रपत्रिका वर्गीकरण तथा मूल्यांकन नतिजामा राष्ट्रिक ‘क’ मा सूचीकरण हुनेमा आदर्श समाज गण्डकीकै एकमात्र दैनिक बनेको थियो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१