पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा बिहिबार भएको र्फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो ।
निर्धारित समयमा ४–४ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । यसअघि खेलमा शितलज्योतीको तर्फबाट शहिल गुरुङले २ तथा लिले गुरुङ र प्रतिक गुरुङले समान १/१ गोलको योगदान दिएका थिए ।
च्याम्पियन बनेको युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए । भने शितलज्योतीको तर्फबाट १ गोल आत्मघाती भएको थियो ।
उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्याे । उपविजेता बनेको शितलज्योतीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार प्रदा नगरिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्यसैगरी सोही क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए । विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सीधै भाग लिन पाउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१