लेखनाथ । कास्कीको विभिन्न ठाउँमा छरिएर रहेका जलारी समुदायको लेखनाथमा भएको भेलाले झलक जलारीको अध्यक्षतामा जलारी समाज कास्की गठन गरेको छ । आफ्नो जातीय एकता, पेसागत एवं भाषिक सुरक्षमा सहयोग पुग्ने गरी कास्कीको विभिन्न ४ ठाउँमा रहेका समाजको भेलाले झलक जलारीलाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सूर्य जलारी, सचिव इन्द्रबहादुर जलारी, कोषाध्यक्ष मनोज जलारी छन् । सदस्यकहरु मल्के जलारी, विशाल जलारी, सुकबहादुर जलारी, सञ्जीव जलारी, श्रीमती देवु जलारी, शोभा जलारी र शान्ति जलारी छन् ।
भेलाले पदेन सदस्य बेगनासताल मत्स्य व्यवसायी समितिका राजेन्द्र जलारी, हर्पन फेवा मत्स्य सहकारीका सोम जलारी, एकता जलारी समाजका कान्छा जलारी र सीता पाइला जलारी समाजको तर्फबाट सानुमान जलारीलाई चयन गरेको छ । समितिको सल्लाहकारमा हर्कबहादुर जलारी छन् । भेला आयोजक समितिका अध्यक्ष राजेन्द्र जलारीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१