पोखराबाट झुल्किएको अटेरी

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
ateri

पोखरा । ‘अटेरी उम्मेदवारी’ का सूत्रधार पोखराका गनेश पौडेल ठिक एक महिनापछि हुने स्थानीय तहको चुनावमा पोखराको मेयर लड्दै छन् । पहिलो उम्मेदवारी घोषणा गरेका उनको अचेल व्यस्तता बढ्दो छ । दुर्गम डोल्पाका एक जना साथीको राजधानी काठमाडौंमा हुने चुनावी घोषणा कार्यक्रममा भाग लिन उनी बुधबार त्यता लागे ।

गत सातामात्रै पोखरामा उनकै गुवाइमा अटेरी उम्मेदवारी अभियानले पोखरा लक्ष्य–२०७९ नामक घोषणापत्र सार्वजनिक गरेको थियो । भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउनेभन्दा नितान्त फरक हो ‘म अटेरी’ । ठूला–ठूला नारा पनि छैनन् । मात्र छ, सुशासन कायमसँगै शिक्षा र स्वाथ्यको नारा ।

यी र यस्तै चुनाव अभियानसाथ अटेरी उम्मदेवारी देशकै ठूलो महानगर पोखराबाट देशभर सञ्जालको रुपमा फैलिंदैछ ।

‘एक महिनाअघि सामाजिक सञ्जालबाट पोखराको मेयरको उम्मेदवार घोषणा गर्दा अहिले यस्तो उभार देशैभरि आउला भन्ने लागेको थिएन,’ साहित्यकारसमेत रहेका गनेश भन्छन्, ‘मतदाताले पनि अब केही नयाँ खोजेको महसुस भएको छ । अब साँच्चिकै देशमा सुशासनसँगै विकासले फड्को मार्नेछ ।’ वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको अटेरीको नसोचेको उभारले कतै ‘दल’ कै रुपमा परिणत हुने त हैन भन्नेमा गनेशलाई चिन्ता छ । तर उनी सचेत रहेको बताउँछन् ।

४२ सय उम्मेदवार मैदानमा

देशभरका साढे ३ सय तहमध्ये अटेरी उम्मेदवारी घोषणा अब ५० पालिकामा मात्र बाँकी रहेको बताइएको छ । यसबीचमा ४२ सय बढीले कुनै न कुनै माध्यमबाट वैशाख ३० को चुनावलाई उम्मेदवारी घोषणा गरिसकेका छन् । मनोनयनको दिनसम्म अझै उम्मेदवार बढ्ने आशा छ । पोखराका ३३ वडामध्ये हालसम्म १४ जनाले वडाध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा गरी प्रचार थालिसकेका छन् । तीमध्ये २ वटा वडामा महिला उम्मेदवार छन् ।

घोषणापत्र बिक्री !

अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ । त्यसै मतदातासम्म पुग्न प्रविधको प्रयाग गर्दै सामाजिक सञ्जालको बढी उपयोग गरिएको छ । यस अलावा भिडियो बनाउने, टोलको कुनै चोकमा बस्ने र मतदातालाई ३० रुपैयाँमा घोषणापत्र बेच्ने योजना छ । ‘अरु साथीहरुले त्यहाँको भूगोलअनुसार कस्तो योजना बनाउनु हुन्छ, यो उहाँहरुकै कुरा भयो, मैले भने पोखरामा पूर्व घोषित योजनाअनुरुप नै रु.३० मा घोषणापत्र बेच्ने र त्यसैबाट चुनावी खर्च जुटाउने हो,’ गनेशले भने । कुनै पनि दलको विचार नबोकी राजनीति गर्न सकिने उनको दाबी छ ।

हालसम्म ४२ सयले उम्मेदवारी घोषणा गरिसकेका छन्

७० वर्षदेखि राजनीतिक संक्रमणकालबाट नेपाल गुज्रिएको उल्लेख गर्दै उनले मानिसले चाहेको बखत सामान्य सुविधा लिन समेत सास्ती झेल्नु परेको हुँदा आफूहरुले सानोतिनो भनिएको विषयलाई निकै महत्वका साथ अघि बढाउने बताउँछन् ।

आपूmले सुरुआत गरेको अटेरी उम्मेदवारीमा देशैभर अभियानकै रुपमा संचालन हुन थालेपछि के तपाई अब देशकै लिडर भई अगाडि बढ्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘तयार नभएर पनि भएन नि । अब पोखराको मात्र मुद्दा रहेन, देशकै मुद्दा काँधमा आइसक्यो ।’

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

देशका जति पनि स्थानीय तहबाट उम्मेदवारी घोषणा हुन्छ, उनीहरुले घोषणापत्रमा साझा विषय राख्ने छन्–शिक्षा र स्वास्थ्य । यी विषय मानवजीवनको लागि महत्वपूर्ण विषय भएकोले घोषणापत्रमा साझा रुपमा उठाइएको बताइएको छ । सामुदायिक शिक्षाको सवलीकरण गर्दै बजेटलाई दोब्बर बनाउने, सामुदायिक शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने । यस्तै, स्वास्थ्य सर्वसुलभ एवं निःशुल्क हुनुपर्ने साझा मुद्दा छ । यस बाहेक अन्य ठाउँमा भेग अनुसार अन्य विषयहरु फरक फरक हुन सक्छन् । पोखरा भने पर्यटकीय सहर भएकोले यहाँ शिक्षा र स्वास्थ्यका अलावा पर्यटनलाई महत्वपूर्ण विषयको रुपमा उठाइएको छ ।

पोखराबाट सुरु अटेरी उम्मेदवारीको पहिलो बृहत् भेला पोखरामै भयो । सो अवसरमा ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ नाराका साथ अटेरी अभियान पोखरा लक्ष्य–२०७९ घोषणापत्र सार्वजनिक गरिएको थियो । अब एकदुई दिनपछि मतदातासमक्ष पुग्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width