प्रकाशकीय : नागरिक स्वतन्त्रका पक्षमा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
Adarsha samaj

गण्डकी प्रदेशको एकमात्र राष्ट्रिय दैनिक आदर्श समाज २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट पाठक, बिक्रेता, विज्ञापनदाता, विज्ञापन एजेन्सी, यस कम्पनीका सम्पूर्ण कर्मचारी, शुभेच्छुक संघसंस्था एवं सम्पूर्ण महानुभावलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । मुलकमा सशस्त्र द्वन्द्वको राँको दन्किरहेका बेला २६ वर्ष अगाडि अर्थात् २०५३ वैशाख १ मा यस पत्रिकाले प्रकाशनको यात्रा प्रारम्भ गरेको थियो । एकातिर द्वन्द्वको मार अनि अर्कोतिर साँधुरो आर्थिक गतिविधि, यी चुनौतीबीच पनि हामीले आँट गर्‍यौं कि नागरिकको सुसूचित हुने अधिकारलाई प्रत्याभूत गर्नुपर्छ भनेर ।

विगत फर्केर हेर्ने हो भने कहाली लाग्छ । तैपनि निरन्तरको प्रयास र आमपाठक अनि शुभेच्छुकहरुको शुभेच्छाले हामी अहिले यो अवस्थामा आइपुगेका छौं । पाक्षिक पत्रिकाबाट सुरु भएको हाम्रो यात्रा साप्ताहिक हुँदै २०५४ माघ १९ (श्रीपञ्चमी) बाट दैनिक रुपमा आदर्श समाज निरन्तर प्रकाशित हुँदै आएको छ । यस अवधिमा विभिन्नखाले राजनीतिक परिवर्तनका लागि नागरिक स्वतन्त्रताका पक्षमा अविचलित रुपमा आवाज सशक्त पार्दै सूचना प्रवाहलाई हामीले उच्च प्राथमिकतामा राखेको कतैबाट छिपेको छैन । पहिला पोखरालाई मात्र आधार मानेर सुरु भएको हाम्रो यात्रा फराकिलो पार्नुपर्छ भनेर २०५७ साउन ७ मा वेब मेसिनबाट प्रकाशन सुरु गर्‍यौं । अनि २०५८ माघ १७ बाट नवलपरासीको गैंडाकोटबाट तराई संस्करणको प्रकाशन थाल्यौं । चरम राजनीतिक खिचातानी अनि दुर्बल आर्थिक अवस्थाको मार खेप्दै पत्रिकाले तराईको यात्रालाई निरन्तरता दिन सकेन ।

जटिल परिवेशमा पनि सत्यतथ्य समाचार, विश्लेषण अनि सूचना प्रवाहमा हामी निरन्तर क्रियाशील छौं । निश्पक्षता हाम्रो पहिलो शर्त हो । मुलुक अहिले संघीय गणतान्त्रिक शासन व्यवस्थामा छ । संघीयतालाई सुदृढ पार्दै नागरिक हक सुुनिश्चितताका लागि हामी कहिल्यै सम्झौता गर्ने छैनौं । राजनीतिक परिवर्तन भएर मुलुक आर्थिक समृद्धिको बाटोमा लम्किने बेला हो यो । तर नागरिकको अपेक्षा अनुसार दलहरुले कार्यसम्पादन गर्न सकेका छैनन् । मिडियाको पाटोमा हेर्ने हो भने पनि त्यसको असर परिरहेको छ । यी चुनौती छिचोल्दै पत्रकार र पत्रकारिता जगतले अगाडि बढ्नुपर्ने अवस्था छ । डिजिटल प्रविधिको विकासलाई पछ्याउँदै छापा पत्रिकासँगै आदर्श समाजको अनलाइन पत्रिका पनि प्रकाशित गरिएको छ । युग सुहाउँदो प्रविधि अनुसरण गरी नागरिकमा सूचना पुर्‍याउने काममा हामी अविचलित रुपमा लागिरहनेछौं । नववर्ष २०७९ को शुभकामना ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width