पोखरा । नेकपा एमालेले पोखराको मेयर र उपमेयरको उम्मेद्वार सिफारिस अझै लम्ब्याउने भएको छ । मंगलबार नै पार्टीको आन्तरिक प्रतिश्पर्धामा नाम टिपाएकाहरुबीच सर्वसम्मतिको प्रयास भइरहेको छ । तर कसैले पनि अरुलाई स्वीकार नगर्दा सर्बसम्मतको प्रयास सफल नहुने देखिएको छ । बुधबार मतदान मार्फत् उम्मेद्वारको सिफारिस गर्ने भनिएपछि अझै लम्बिएको छ । यहाँ मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेद्वारी दिएका छन् ।
मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम संकलन भएको छ ।
उपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दाबेदार छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१