पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०७९ का अवसरमा पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत ५० हजार रुपैयाँ बराबरका चामल, दाल, तेल, आलु, मसला लगायतका खाद्यान्न सामग्री सहयोग गरेको एगा पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।
संस्थाले बर्सेनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थामा असहाय तथा अशक्तलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले व्यवसायीहरूले कोरोना कहरका कारण व्यवसाय प्रभावित भए पनि दैनिक खर्च कटाएर सहयोग गरेको बताए । उक्त अवसरमा संस्थागत सहयोगका अतिरिक्त व्यक्तिगत रुपमा एलिसा पोखरेलले ज्येष्ठ नागरिका लागि फलफूल तथा प्रमिला थापाले मरमसला र नवराज अधिकारीले यातायात व्यवस्थामा सहयोग गरेका थिए ।
पोखरा ३२ का अध्यक्ष अक्कबहादुर कार्कीले विभिन्न संघ संस्थाले गर्ने यस्तै सहयोगले वृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताए । राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ संस्था एवं व्यक्तिको सहयोगका भरमा वृद्धाश्रम चलेको बताउँदै यसको दिगो सञ्चालनका लागि राज्यको सहयोग आवश्यक भएको धारणा राखे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, एगा पोखराका सचिव गीता ढकाल पौडेल, कार्यक्रम संयोजक माया सुवेदीलगायतले संस्थाको सहयोगले वृद्धाश्रमको सञ्चालनमा केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठलगायत उपस्थित थिए ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१