जन्मदिनमा दृष्टिविहीनलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
Dristibihin laai sahayog

लेखनाथ । पोखरा ११ रानीपौवा निवासी राजु सुवेदीले आफ्नो ४४औं जन्मदिनको अवसरमा पोखरा २९ पावर हाउसस्थित अपांगमैत्री समाज कास्कीमा आश्रित दृष्टिविहीनलाई कपडा सहयोग गरेका छन् ।

लायन्स क्लब अफ पोखरा लेखनाथका वर्ष २०२२/२३ का इलेक्ट सर्भिस चेयर पर्सन समेत रहेका सुवेदीले जन्मदिनको अवसरमा हुने खर्च कटाएर त्यहाँ आश्रित २४ जना दृष्टिविहीनलाई कपडा वितरण गरेका हुन् ।

सहयोग ग्रहण गर्दै अपांग मैत्री समाजका अध्यक्ष दण्डपाणि ढकालले लायन्स क्लबले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बेला मौकामा विभिन्न संस्थाहरुले गर्ने सानो सहयोगले पनि आफूहरुको लागि ठूलो महत्व राख्ने बताए ।

लायन्स क्लब अफ पोखरा लेखनाथका अध्यक्ष घनश्याम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष एवं वर्ष २०२२/२३ का निर्वाचित अध्यक्ष आनन्द बजगाईंले स्वागत र सह–सचिव चन्द्रकान्त अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width