धादिङ पोखरा सम्पर्कको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७८
Dristibihin laai sahayog

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्यालेन्डर विमोचन तथा जिल्लाका ज्येष्ठ नागरिकलाई सम्मान गरे । उनले पोखराका लागि धादिङवासीहरु ऊर्जा भएको दाबी गरे । उनले भने, ‘सबै पेसा, व्यवसाय, सेवा, कर्ममा तपाईंहरू हुनुहुन्छ । पोखरामा धेरै व्यक्तित्व स्थापित छन् । यो निरन्तरता कायम रहोस् ।’

शाहीले समाजको महासंघ अन्तरसमाज महासंघ नेपाल पोखराबाटै बनेको स्मरण गर्दै यसको स्थापनामा नेतृत्वदायी भूमिका खेलेको यो समाजले आफूलाई पनि सामाजिक भूमिकामा स्थापित गराउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।
अर्घाखाँची–पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनाथ पाण्डेले जिल्लाबासीको एकता र सामाजिक उत्तरदायित्वका सवालमा आफूहरु सबै सँगै रहेको बताए ।

बारा–पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडाले आफूहरु भर्खरै एकताबद्ध भइरहँदा धादिङ समाज इकाइसम्म पुगेको देख्दा खुसी लागेको बताए ।

सल्लाहकार रामकृष्ण दुवाडी, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, समाजका ज्वालामुखी इकाइका नवनिर्वाचित अध्यक्ष सरोजसिंह कुँवर, धादिङ–पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, क्यालेन्डर प्रकाशन समिति संयोजक दिनेश तुलाधर लगायतले पोखरामा धादिङ समाजप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेकाले त्यसलाई कायम गर्न धादिङवासी बीच एकतामा जोड दिए ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत र महासचिव सरस्वति श्रेष्ठ (सरू) ले सञ्चालन गरेका थिए । उक्त अवसरमा ज्येष्ठ नागरिकसहित क्यालेन्डर प्रकाशनमा १५ हजार बढीको ठाउँ लिएर व्यावसायिक प्रचार गर्नेलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width