लमजुङ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समिति आयोजनामा भएको ठाडोभाका खुला प्रतियोगिताअन्तर्गत दूधपोखरी–४ की देउकुमारी गुरुङ र मध्यनेपाल–१०, थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको टोली पहिलो भएको छ । चैतदसैं अवसरमा २ दिनसम्म चलेको प्रतियोगितामा देउकुमारीको टोली महिलातर्फ र अमरध्वजको टोली पुरुषतर्फ प्रथम भएको हो । अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बम निकाल्ने व्यक्तिसमेत हुन् । लामो सयम भारतीय सेनामा कार्यरत रहेका उनी निवृत्तपछि लोकसंस्कृति उत्थानमा सक्रिय छन् ।
लमजुङकै राइनास नगरपालिका– १० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका– ४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समिति संयोजक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताइन् ।
उनका अनुसार दोर्दी गाउँपलिका तत्कालीन ढोडेनी गाविस लप्सीबोटकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार–८, भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो भयो ।
प्रतियोगितामा दूधपोखरी गाउँपालिका–३, सानोकाभ्र्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका–९, पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भएको दुराले बताइन् । प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।
विजयीलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष दामोदर अधिकारी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, सोही प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, कार्यक्रममा अध्यक्ष एवं राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समिति अध्यक्ष सुकबहादुर गुरुङ, सोही समितिका सल्लाहकार खड्गबहादुर गुरुङले संयुक्तरुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष अधिकारीले लोपोन्मुख ठाडोभाकाको संरक्षणमा जुट्नुपर्ने बताए । उनले पछिल्लो २ महिना अन्तरमा पश्चिममा रहेको देउबहादुर दुराको जन्मथलो हाडीखोला बर्धन गाउँदेखि अहिले पूर्वी लमजुङको राइनासकोटसम्म यो भागा गुञ्जायमान हुनु र आउँदो चैत पूर्णिमाको दिनमा इलमपोखरीमा यसको व्यापक कार्यक्रम हुने भएबाट त्यसको पुष्टि भएको बताए ।
प्रतिष्ठान संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले संस्कृति हराए धागो छिनेको चंगाजस्तै हुने भन्दै लोकसंस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो भने । ठाडोभाकालाई महसँग तुलना गर्र्दै उनले कलाकारले अभिनय गर्नु पर्छ र उनीहरूको समाज र राज्यले सम्मान गर्नु पर्ने उल्लेख गरे । उक्त अवसरमा उनलाई ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका कार्यमा विशेष भूमिका निभाएको भन्दै सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उपलब्धि कुनै भवन, सडक, खानेपानी, पुल बनाएको जस्तो तुरुन्त देखिने नभै यसको उपलब्धि देखिन समय लाग्ने बताए ।
राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समिति अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका सल्लाहकार खड्गबहादुर गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१