पोखरा । पोखरा ८ पृथ्वीचोक स्थित पृथ्वी बहुउद्देश्यीय सहकारीले १० औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्वतर्फ पोखरा ६ बुलौदीस्थित कोपिला नेपालमा खाद्यान्न, सेनेटरी प्याड लागयत विभिन्न सामग्री वितरण गरेको छ ।
वार्षिकोत्सवका अवसरमा मोबाइल बैंकिङ शुभारम्भ, क्यालेन्डर विमोचन, नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा वित्तीय साक्षरता तालिमलगायत कार्यक्रम गरेको छ । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोबाइल बैंकिङसम्बन्धी तालिम एम बैंकका संस्थापक सिइओ सञ्जय महासेठले दिएका थिए ।
वित्तीय साक्षरतासम्बन्धी तालिम राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डे र संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद अधिकारीले दिएका थिए । संस्थाका अध्यक्ष किरणप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम कमर्सियल बैंक बिरौटा शाखाका प्रबन्धक मोहन थापा, संस्थाका सल्लाहकार केदारनाथ अधिकारी, संस्थापक अध्यक्ष ओमबहादुर कार्की, संस्थाका सेयर सदस्य आसु गुरुङ, प्रशिक्षार्थीको तर्फबाट संस्थाका शिक्षा उपसमिति सदस्य उत्सव मुल्मी लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष कृष्णकुमार मुल्मीले स्वागत गरे भने कार्यसमिति सदस्य अमृता थापाले ७ सिद्धान्त वाचन गरेकी थिइन् । संस्थाका कार्यसमिति सदस्य एवं महिला उप समिति संयोजक रश्मी अधिकारी भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
संस्थाले अहिले ६१ करोड बराबरको वासलात पु¥याएको छ । मंगलबारबाट मोबाइल बैंकिङसहित अत्याधुनिक प्रविधिको सेवा प्रदान गरेको सहकारीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
सापकोटा कल्याण केन्द्रको साधारणसभा
पूर्व कर्मचारी सहकारीको साधारण सभा
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१