पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगमा भ्याली स्पोर्टस् क्बल, हेमजा युनाइटेड क्लब र शीतल ज्योति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल संयोजक नरप्रसाद गुरुङका अनुसार रंगशालामा मंगलबार भएको पहिलो खेलमा भ्याली स्पोर्टस् क्लबले ड्यामसाइड क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो ।
दोस्रो खेलमा हेमजा युनाइटेड क्लबले सत्य युवा क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पाखा लगायो । यसैगरी अन्तिम खेलमा शीतल ज्योति युवा क्लबले नव आदर्श क्लबमाथि २–१ गोल अन्तरले संघर्षपूर्ण जीत निकाल्दै सेमीमा भ्यालीसँगको भेट पक्का गर्यो ।
क्वाटरफाइनलको अन्तिम खेल एलजी एसोसियसन र विष्णु पादुका क्लबबीचको खेल भोलि (बुधबार ) सञ्चालन गरिने संयोजक गुरुङले जानकारी दिए । उनकाअनुसार सेमिफाइनलको पहिलो खेल भ्याली स्पोर्टस् क्बल र शीतल ज्योति युवा क्लबबीच हुनेछ । दोस्रो सेमीफाइनल खेल हेमजा युनाइटेड क्बल र अन्तिम क्वाटरफाइनल खेलको विजेता टिमबीच हुनेछ । फाइनल खेल आगामी बिहीबार हुने एन्फा कास्कीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
२५ औं आदर्श कप
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१