पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग गोरखापत्र संस्थानको टोलीले मंगलबार औपचारिक भेट गरेको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, महाप्रवन्धक लालबहादुर ऐरी, गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव भट्टराई, दी राइजिङ नेपालका प्रधान सम्पादक प्रधान सम्पादक भीमसेन थपलिया, मुनाका सम्पादक हरिप्रसाद भट्टराई, गोरखापत्रका गण्डकी प्रमुख रमेश पौडेल लगायत भेटमा सहभागी थिए ।
मुख्यमन्त्री पोखरेलले गोरखापत्र संस्थानका प्रकाशनलाई नागरिकसमक्ष छिटो र छरितो गरी पुर्याउन प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘बजेटमै समावेश गरेर हुन्छ या के गरेर हुन्छ, सरकारले यसमा सहयोग गर्छ ।’
संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रको गण्डकी प्रदेश संस्करण यहिँबाट प्रकाशन गर्नेगरी योजना बनाइरहेको जानकारी गराउँदै, जग्गा, भवन र छापाखानाका लागि सरकारसँग सहयोगको अपेक्षा गरे । साथै प्रिन्ट मिडियाको प्रभाव काम भइरहेका बेला अनलाइन संस्करणलाई थप प्रभावकारी बनाउन लागेको भन्दै प्रदेशको राजधानीमा जनशक्ति थप गरेर समाचार अपलोड गर्न लागिएको जानकारी गराए ।
महाप्रबन्धक ऐरीले गोरखापत्रको प्रादेशिक कार्यालय तत्काल आवश्यक रहेको भन्दै खाली रहेका सरकारी कार्यालयमा व्यवस्थापन गर्न सकिने भनाइ राखे । संस्थान प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको उनले बताए । गोरखापत्रका प्रकाशनलाई समायानुकुल बनाइ थप प्रभावकारी रुपमा उपभोक्तामाझ पुर्याउन सबैको साथ र सहयोगको अपेक्षा उनले गरे । संस्थान र गण्डकी सरकारबीच के कस्तो सहकार्य गर्न सकिन्छ, यसका लागि कार्यदल नै बनाउनुपर्ने उनको भनाइ थियो ।
गोरखापत्रका गण्डकी प्रमुख रमेश पौडेलले रेडियो नेपालको प्रदेश कार्यालयमा प्रशस्त जग्गा रहेको भन्दै त्यसमा गोरखापत्र संस्थानको कार्यालय स्थापना गर्न सकिने बताए । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले गोरखापत्रका प्रकाशन थप प्रभावकारी बनाउन सर्वेक्षण गर्नु पर्ने भन्दै अबको युग डिजिटल भएरकाले त्यसै अनुसार अगाडि बढ्न सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१