स्वास्थ्य केन्द्रलाई नेलम्बोको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
nelambo

पोखरा । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका ८ ठाँटीमा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । नेलम्बोले क्रिप ब्यान्डेज २० प्रति, सर्जिकल ब्लेड १ बक्स, ३ एमएल सिरिन्ज १ सय प्रति, नि क्याप १० प्रति, पोलिन सुचर ५० प्रति, स्ट्रेचर १ प्रति, डिस्पोजेबल ग्लोब्स १० प्याकेट, एसिलोफिनेन्स् १ सय ट्याब्लेट, एमलोडिपिन १ सय ५ ट्याब्लेट, पेपर टेप १२ प्रति, मुपिरिसिन ओन्टिमेन्ट २ ट्यु, आस्थालिन १ बक्स, इप्राभेन्ट १ बक्स, आइभि क्यानुला ५० प्रति, आइभी सेट ५० प्रति, स्ट्रेलाइज ग्लोब्स १ सय प्रति र डिक्लोफिन २० ट्यु गरी ५२ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दवाडी र आधारभूत स्वास्थ्य केन्द्र प्रमुख लक्ष्मण दाहाललाई सामग्री हस्तान्तरण गरे ।

सामग्री हस्तान्तरणपश्चात् संस्थाका अध्यक्ष एक देवकोटाले आवश्यकताका आधारमा संस्थाले उपलब्ध गराएका सामग्रीहरु सदुपायोग हुनेमा विश्वास व्यक्त गरे ।

वडाध्यक्ष कृष्णप्रसाद दवाडीले नेलम्बो नेपालले कोभिड १९ को विषम परिस्थितिमा पनि महत्वपूर्ण सहयोग गरेको स्मरण गरे ।

कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख लक्षमण दाहालले समग्र स्वास्थ्य केन्द्रको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width