पोखरा । नेपाल महर्षि वैदिक फाउन्डेसन काठमाडौं र महर्षि गुरुकुल वेद विद्याश्रम पोखराको संयुक्त आयोजनामा पोखरामा सञ्चालित भावातित ध्यान शिविर सम्पन्न भएको छ ।
ध्यान, योग र यज्ञका माध्यमबाट नै विश्वलाई शान्त पार्न सकिन्छ भन्ने हेतुले ५ दिनसम्म सो शिविर आयोजना गरिएको हो । ज्येष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको ध्यान शिविरमा युवापुस्ता समेत गरी १९ जनाको सहभागिता रहेको आयोजकले जनायो ।
विश्वमा नेपालले मात्र शान्तिको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइलाई साकार पार्न ध्यान, योग र रुद्राभिषेक यज्ञ सञ्चालन गरी कार्यक्रमलाई निरन्तरता दिईएको फाउन्डेसन अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए । सो ध्यानले पार्ने प्रभाव, मानसिक रोगको निवारण तथा सामुहिक चेतनाले विश्वमा पार्ने प्रभावको बारेमा चर्चा गर्दै भावातित ध्यान तथा सिद्धि प्रशिक्षिक शिव प्रसाद उपाध्याय (पौडेल)ले शिविरमा दिइएको ज्ञानलाई शक्तिमा बदल्ने गरी कार्यान्वयन गर्न आग्रह गरे ।
महर्षि गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलले फाउन्डेसनले सुरु गरेको कार्यमा आफूहरुले पनि सहभागिता जनाउन पाएको भन्दै शिविरमा दिइएका ज्ञानलाई सही सदुपयोग गर्न आग्रह गरे । उनले आगामी दिनमा पनि ध्यान शिविर, संगोष्ठि लगायत कार्य गर्ने बताए । रेडियो सराङकोटले ध्यान शिविरको मिडिया प्रवद्र्धन गरेको थियो ।
आध्यात्मिक संसारसँगै भौतिक संसारमा सहज ढंगले जीवन यापन गर्नका लागी ध्यान र क्रियाको सुव्यवस्थित तरिका प्रयोग गर्न सबैलाई भावातित ध्यान शिक्षक वीरेन्द्र सापकोटाले आग्रह गरे । विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक तथा वडा ३ पोखराका पूर्व अध्यक्ष गोविन्दध्वज श्रेष्ठ, विद्याश्रमका सचिव शान्तिदेवी पराजुली, सहभागी कमला पौडेल, हरिहरप्रसाद पराजुली, शिव भट्टराईलगायतले बोलेका थिए । शिविरको सहजिकरण भावातित ध्यान शिक्षक वीरेन्द्र सापकोटाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१