लिग चरणका खेल सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
League news

पोखरा । सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएका छन् । पोखरा रंगशालास्थित वैकल्पिक खेलमैदान र हेमजास्थित गौरीशंकर खेल मैदानमा चैत २१ देखि सञ्चालित लिग चरणका खेल सोमबार सकिएका हुन् ।

क्वाटरफाइनल खेल मंगलबार पोखरा रंगशालामा सञ्चालन गरिने खेल संयोजक नरप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिलो समूहबाट हेमजा युनाइटेड क्लब ८ र नवआदर्श युवा क्लब १० अंक सहित अन्तिम ८ मा प्रवेश गरेको छ । दोस्रो समूहबाट विष्णुपादुका क्लब ९ र ड्यामसाइड क्लब १० अंक सहित क्वाटरफाइलमा स्थान बनायो ।
तेस्रो समूहबाट सत्य युवा क्लब र शीतलज्योति क्लब समान १२ अंक सहित छनौैट भयो ।

अर्काे समूहबाट एलजी एसोसिएसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

उनका अनुसार पहिलो खेल नवआदर्श र शीतलज्योतिबीच हुनेछ । दोस्रो खेल सत्य युवा क्लब र हेमजा युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल ड्यामसाइड र भ्याली स्पोर्टस्बीच हुने खेल हुनेछ ।

अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एसोसिएसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width