एमालेले आज पोखराको मेयर छान्दै

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
UML

पोखरा । स्थानीय तह चुनावका लागि नेकपा एमालेले पोखरा महानगरको उम्मेदवार आज मंगलबार छान्दैछ । पालिकाका वडाको उम्मेदवार सिफरिस अन्तिम चरणमा पुगेको छ । अधिकांश वडामा सर्वसम्मत उम्मेदवार छानेको एमालेले पालिकाको प्रमुख र उप्रमुख पनि सर्वसम्मतरुपमै छान्ने कसरत गर्नेछ । तर यहाँ गुटगत प्रभाव बढी भएकोले सर्वसम्मत छनोट हुने सम्भावना निकै कम छ ।

स्रोतका अनुसार सर्वसम्मत चयन हुँदा पूर्व मेयर तथा हालका प्रदेशसभा सांसद कृष्ण थापा, बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ र एमाले पोखरा इन्चार्ज भीम कार्कीलाई सिफारिस गर्ने सम्भावना छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीकै छत्रछायामा भए पनि खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको छुट्टाछुट्टै ‘पावर एक्सरसाइज’ छ ।

खगराज टिमबाट थापा, गुरुङसहित लेखबहादुर तामाङ (दर्शन लामा), दिलीप न्यौपानेको चर्चा छ भने पिएस टिमबाट सांसद राजीव पहारी, महानगर इन्चार्ज कार्की, केन्द्रीय सदस्य मीना गुरुङ, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी लगायतको चर्चा छ । रश्मी आचार्य र पुष्पज्योती ढुंगाना पनि दाबेदार छन् । कार्कीलाई पिएस टीमसँग जोडे पनि उनी आफ्नै समूह निर्माणको कसरतमा छन् । कास्कीमा पिएस अघि देखिए पनि भित्र जगत विश्वकर्मा र खगराजबीच प्रतिस्पर्धा कडा छ । जगत र कार्कीले छुट्टै टिम निर्माण गरिरहेका छन् । समूह नबन्दासम्म पिएसलाई अघि सारिएको बताइन्छ ।

अघिल्लो चुनावमा एमालेले आन्तरिक मतदानबाटै मेयर र उपमेयर नाम सिफारिस गरेको थियो

महानगरमा खगराजको प्रतिनिधित्व अध्यक्ष दिलीप न्यौपानेले गरेका छन् भने पिएसको प्रतिनिधित्व सचिव जीवन आचार्यले गरेका छन् । ‘सकेसम्म सर्वसम्मतको प्रयास हुन्छ । नत्र आन्तरिक मतदानबाट उम्मेदवार टुंगो लाग्छ,’ एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले भने, ‘चुनाव गर्नुपर्ने अवस्था आउँदैन होला ।’ उनी आफै पनि मेयरको दाबेदारको रुपमा अघि सरेका छन् ।

अहिले २ पक्षबीच आन्तरिक छलफल चलिरहेको छ । ‘थापा, गुरुङ र कार्कीलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने पक्षमा पार्टी कमिटीका अधिकांश साथीहरुको आवाज छ । तर परिस्थितिमा निर्भर हुन्छ,’ एक नेताले भने, ‘धेरैको आकांक्षा भएकोले सर्वसम्मत नहुन पनि सक्छ ।’ केन्द्रमा केपी पछि शंकर पोखरेल र ईश्वर पोखरेलको फरक गुट छ । थापा, कार्की र गुरुङ टीम शंकर पोखरेलसँग नजिक छन् । उम्मेदवार छनोटका लागि मंगलबार ३ बजे बैठक बोलाइएको छ ।

प्रतिस्पर्धामा मञ्जु र मीना

पोखरामा एमालेले महिलालाई प्रमुख पदमा अघि सार्ने सम्भावना अधिक छ । आन्तरिक चुनाव हुँदा एउटा समूहबाट मञ्जु गुरुङ र अर्को समूहबाट मीना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना शक्तिशाली मानिन्छन् । पुरानो राजनीतिबाट खारिएर आएकी मीना पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङकी सम्धिनी हुन् भने उपमेयररुपमा कार्यकाल उत्तरार्धमा रहेकी मञ्जु राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् ।

सांसदको मेयर मोह

कृष्ण थापा २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । उनी अहिले गण्डकी प्रदेशसभा सांसद छन् । करिब ८ महिना कार्यकाल बाँकी हुँदै थापा मेयरको दौडमा लागेका छन् । उनीसहित सांसद राजीव पहारी र अर्का सांसद मनबहादुर गुरुङ समेत मेयर उठ्ने कसरतमा छन् । त्यसबाहेक प्रभा कोइराला, डा. पुष्पा केसी भण्डारी पनि मेयर वा उपमेयरमध्ये एउटा पदमा दाबी गर्ने बुझिन्छ । पार्टीभित्र भने बहालवाला सांसदलाई महानगर वा पालिका तहमा प्रतिस्पर्धा गर्नबाटै रोक्नुपर्ने आवाज उठेको छ । ‘हिजो सांसदका रुपमा निर्वाचित व्यक्ति अझै १ वर्ष बाँकी छ । कार्यकाल नसकिंदै महानगरमा झर्नुपर्ने कारण के छ ?,’ एक नेताले भने, ‘सबैतिर एउटै मान्छे जानुपर्छ भन्ने छैन । पार्टीभित्र योग्य छन् । अरुलाई मेयर र उपमेयरको टिकट दिनुपर्छ ।’ बैठकमा पनि सांसदको मोहबारे प्रश्न राख्ने तयारी एउटा मार्काले गरेको छ । मंगलबार सर्वसम्मत नभए बुधबार मतदान प्रक्रिया सुरु हुने एमाले पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width